रौतहट, उमेश साह, ०३ असोज । वि सं २०७२ असोज ३ नेपालको संविधान घोषणा भएको दिनलाई स्मरण गर्दै देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ ।

सोहि क्रममा दुर्गा भगवती गाउँपालिकाले पनि गाउँपालिकाको कार्यालय परिसरमा  मैनबत्ती प्रज्वलन गरि हर्षोल्लासका साथ संविधान दिवस मनाएको छ । 

नेपाली जनताको शक्ति र बलिदानीबाट प्राप्त संविधानसभाबाट बनेको संविधानको पालना गर्नु सबै नागरिकको जिम्मेवारी रहेको हुदा उक्त दिनको अवसर पारेर खुसीयालि स्वरुप कार्यक्रमका प्रमुख अतिथि दुर्गा भगवती गाउँपालिका अध्यक्ष सम्भु सिंहले बताए।

गाउपालिका अध्यक्ष सिंहले मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारी भएको बताउदै मौलिक हकका महत्वपूर्ण कानूनहरु बन्दैछन्, परिस्थिति पहिलेभन्दा परिवर्तन भएको छ त्यो भएर सबै जना मिलेर अगाडि बढ्न जरुरी रहेको बताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रमानन्द पाठकले देशको मूल कानुन संविधान घोषणा भएको दिनको अवसर पारेर आयोजित कार्यक्रममा आफ्ना धारण व्यक्त गरेका थिए।

त्यस्तै सो कार्यक्रममा ५ वटा वडाकार्यलयका वडा अध्यक्ष लगायत कर्मचारी , सर्वसाधारण , राजनीतिदलका नेता, बुद्धिजिबी , सरोकारवाला, शिक्षकहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here