भारत — अमेरिकामा अवैध रूपमा रहेका भारतीय आप्रवासी बोकेको जहाज विमान अवतरण गरेको छ । अमेरिकी सेनाको उक्त जहाज पञ्जाब प्रान्तको अमृतसरस्थित श्री गुरू रामदास जी अन्तराष्ट्रिय विमास्थलमा अवतरण गरेको हो ।

हरियाणा, गुजरात, पञ्जाब, उत्तर प्रदेश, महाराष्ट्र र चण्डीगढबाट १०४ जना निर्वासित भारतीय नागरिक बोकेको संयुक्त राज्य अमेरिकाको सैन्य C-१७ विमान आज दिउँसो १ बजेतिर अमृतसर विमानस्थलमा अवतरण गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । मंगलबार दिउँसो टेक्सासको सान एन्टोनियोबाट उडेको उक्त विमानमा ११ जना चालक दलका सदस्य र ४५ जना अमेरिकी अधिकारीहरू छन्।

स्रोतका अनुसार, निर्वासित हुनेहरूमा सबैभन्दा धेरै संख्या ३३/३३ जना गुजरात र हरियाणाका छन् भने ३० जना पञ्जाबका छन्। उत्तर प्रदेश र चण्डीगढका दुई-दुई जना यात्रु छन् भने महाराष्ट्रका तीन जना छन्। निर्वासित हुनेहरूमा २५ महिला र १२ जना नाबालिगहरू छन्, जसमध्ये सबैभन्दा कान्छा यात्रु चार वर्षका मात्र छन्। अठ्चालीस जना २५ वर्षभन्दा कम उमेरका रहेको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको पद सम्हालसँगै अमेरिकाले गैरकानुनी आप्रवासीलाई उनीहरूकै देश फिर्ता गर्ने कार्य तीव्र पारेको छ । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै अवैध आप्रवासीलाई डिपोर्ट गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here