वीरगंज, १८ फागुन। जनमत पार्टीको आयोजना तथा वीरगंज सामुदायिक ऑखा केन्द्रको प्राविधिक सहयोगमा जगरनाथपुर गापा वडा नं ६ माधोपुरस्थित प्राथमिक विद्यालयको प्राङ्गणमा आज निशुल्क ऑखा शिविर संचालन भएको हो ।
शिविरमा १ सय १९ जना आँखाका बिरामीहरुको चेकजाँच हो। सो मद्धे ३७ जना मोतियाविन्दुका बिरामी रहेको र फागुन २० गते मङ्गलवारका दिन वीरगंजस्थित सामुदायिक ऑखा केन्द्रमा निश्शुल्क शल्यक्रिया हुने जनमत पार्टीका पर्साको क्षेत्र नं ४ का क्षेत्रिय संयोजक बृजेशवरप्रसाद चौघरीले बताए।

बृजेशवरप्रसाद चौघरीको नेतृत्वमा सम्पन्न आँखा शिविरमा जनमत पार्टीका केन्द्रीय सदस्य विनय यादव, युवा नेता हिरालाल राम, सामाजसेवी दशरथ साह, शिवलाल राम, सुखराम राम तथा शिविर संयोजक राजेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।