भारत। पहलगाममा भएको आतंकवादी हमलाको जवाफमा भारतीय वायुसेनाले पाकिस्तानमा हवाई आक्रमण गरेको छ, जसलाई सेनाले अपरेशन सिन्दूर नाम दिएको छ। यो कारबाही गुप्तचर एजेन्सी RAW को इनपुटमा गरिएको हो।
सेनाले ९ आतंकवादी लुकेका ठाउँहरूलाई निशाना बनाएको संचारमाध्यमहरुले उल्लेख गरेका छन् । समाचार एजेन्सी ANI का अनुसार, यसमा जैश-ए-मोहम्मदका ४, लश्कर-ए-तैयबाका ३ र हिजबुल मुजाहिदीनका २ वटा ठाउँहरू समावेश छन्।
भारतीय सेनाले बहावलपुरमा रहेको जैश-ए-मोहम्मदको मुख्यालय मरकज सुभानलाई निशाना बनाएको छ। बहावलपुर शहर जैश-ए-मोहम्मद (JeM) को गढ हो।
यसैगरी, भारतले मुरिदके शहरको उमलकुरा मस्जिदलाई पनि निशाना बनाएको छ। मुरिदकेलाई लश्कर-ए-तैयबाको एक महत्वपूर्ण केन्द्र मानिन्छ।
रिपोर्टका अनुसार लश्करको मरकज-ए-तैयबा क्याम्पस मुरिदकेमा नै छ, जहाँ आतंककारीहरूलाई तालिम दिइन्छ। यसबाहेक, भारतले मुजफ्फराबादको बिलाल मस्जिद र कोटलीको अब्बत मस्जिदलाई निशाना बनाएको छ।
भारतीय संचारमाध्यमहरुका अनुसार भारतीय वायु सेनाले यी नौ स्थानहरुलाई निशाना बनाएको हो ।
१. मरकज सुभान अल्लाह, बहलपुर – जैशको मुख्यालय
२. मरकज तैयबा, मुरिदके, पञ्जाब – लश्करको शिविर, लादेन द्वारा वित्त पोषित
३. सरजल, ताहरा कलान सुविधा, जैशको महत्त्वपूर्ण प्रक्षेपण साइट
४. मेहमुना जोया, सियालकोट – हिजबुल मुजाहिद्दीनको प्रशिक्षण शिविर
५. मरकज अहले हदीस, बर्नाला (PoK) – लश्कर-ए-तैयबाको प्रमुख आधार
६. मरकज अब्बास, कोटली, जैशको प्रमुख केन्द्र
७. मस्कर राहिल शाहिद, कोटली (PoK) – हिजबुलको प्रशिक्षण केन्द्र
८. शवाई नाला क्याम्प, मुजफ्फराबाद – लश्कर-ए-तैयबा
९. सैयदना बिलाल क्याम्प, मुजफ्फराबाद – जैश-ए-मोहम्मद
पहलगाममा भएको आतंकवादी हमलामा एकजना नेपाली सहित २६ जनाको हत्या गरिएको थियो।