वैशाख २५, वीरगंज । रेशमकोठी उपशाखा, वीरगंजले एक कार्यक्रमको आयोजना गरी आज विश्व रेडक्रस दिवस मनाएको छ। रेडक्रसका जन्मदाता जान हेनरी डयुनाको तस्विरमा माल्यार्पण एवं दिप प्रज्वलन गरियो।
नेपाल रेडक्रस सोसाइटी, पर्साका जिल्ला सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मुना खनालले शुभकामना मन्तव्य व्यक्त गर्दै मानवताको पक्षमा रेडक्रसलाई बलियो बनाउन तन, मन र धनले समर्पित रहनुपर्ने, आफू सँधै छु र रेडक्रसकर्मी सँधै दिनदुखी र असहायहरुको सेवा र सहयोगमा अग्रसर हुनुपर्छ भन्दै समस्त मानव सभ्यताले हत्या, हिंसा त्यागेर शान्ती कायम गर्न उनले आग्रह गरिन्।
यसैगरी, समाजसेवी तथा अधिवक्ता प्रकाश उपाधायले स्वागत मन्तव्य दिंने क्रममा रेडक्रसकर्मीमा मानवता हुनैपर्छ र मानवता बिना रेडक्रस मात्र होइन, समाज, देश र संसार नै चलायमान हुन नसक्ने र विश्व मानवरहित हुने डरलाग्दो अवस्था आउन सक्ने भन्दै वर्तमान परिवेशमा विश्व हिंसाको चपेटामा परिरहेकाले सम्पुर्णले मानवताको कल्याणमा लाग्न आग्रह गर्दै विश्व शान्तिको शुभकामना ब्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका उपसभापति सरिता यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा यादवले विश्व रेडक्रस दिवसको अवसरमा बाहिरी युद्धभन्दा पनि हामी आफ्नो भित्री युद्धको तत्वहरुलाई जित्नु आवश्यक रहेको बताउँदै सम्पुर्णलाई शुभकामना दिदै धन्यवाद प्रकट गरिन् ।
सो अवसरमा कार्यक्रमको सहजीकरण गरिरहेका सचिव लालबाबु सिंहले युद्धको भुमिमा घाइतेहरुको जान हेनरी डयुनाले सेवा उपचार गर्दै जन्मेको रेडक्रस विश्वमा व्यापकता पाउँदै दिनदुखी, असहाय र पिडामा रहेकाहरुको सेवा सहयोग गर्दै मानवतालाई बलियो आशा भरोसा प्रदान गरिरहेकोले समस्त रेडक्रसकर्मिहरुको साथै सम्पुर्णले मानवताको पक्षमा लाग्नु पर्ने कुरामा जोड दिंदै उनले दुई छिमेकी देशबिच युद्ध जस्तो विनाशकारी कार्य शुरु भएकोमा चिन्ता व्यक्त गर्दै विश्व जगतमा शान्तीको पहलको लागि आग्रह गरे ।
कार्यक्रममा उपशाखाका निवर्तमान सभापती श्रीनारायण यादव, निवर्तमान उपसभापति सुरेन्द्रप्रसाद कानु, सहसचिव राजु साह, सहकोषाध्यक्ष अभिलाष गुप्ता, रामसुदिष्टलाल कर्ण, नवराज भट्टराई, सोनु पटेल लगायतको सहभागिता रहेको थियो ।