वीर​गंज । ​बढ्दो गर्मीले जनजीवन कष्टकर बन्दै गइरहे​को समयमा ​शैक्षिक शहिद मुकुन्द खनाल ​स्मृति प्रतिष्ठानद्वारा घण्टाघर चोकमा ​निश्शुल्क चिसो पिउने पानी (सर्बत )वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगन्जको मुटु घण्टाघरको तिवारी बाबाको सालिक पार्कमा शनिबार बिहान ११ बजे देखि ​दिउँसो ​साढे ३ बजेसम्म गाउँगाउँबाट आएका पर्यटक,​ बटुवा,​ रिक्सा,​ ईरिक्सा,​ गाडी चालक,​ सुरक्षाकर्मी एवं स्थानिय ​गरी झन्डै २ हजार जनाला​ई पानी खुवाएर सेवा गरिएको र यो कार्यक्रम तीन दिनसम्म सञ्चालन हुने संयोजक​ तथा संचारकर्मी अजित भुजेलले जानकारी दि​ए ।

कार्यक्रमका प्रमुख अतिथि ​वीरगंज उद्योग वाणिज्य ​सङ्घका अध्यक्ष ​हरी गौतमले पानी खुवाउने कार्य​ र त्यो पनि यस्तो प्रचण्ड गर्मीको समयमा सबैभन्दा ठूलो धर्म हो यस्तो कार्यले मानवता बलियो हुने गर्दछ । आजको यस पुण्यको कार्यक्रमले आफुला​ई बालपन र पुर्खौली गा​उँको सम्झना गराएको बताउदै दिदी र आफुले पनि पहाड​को गा​उँमा हरेक शुक्रबार हटिया बजार लाग्ने भएको ​हुँदा त्या​हाँ टाढा​-टाढाबाट आउने बटुवाहरुलाई माटोको भाडोमा सक्खर (मिठ्ठा) र कागत पानी हालेर सर्बत बनाएर खुवाउने गरेको बता​उँदै यस पुनित कार्यमा प्रमुख अतिथिको रुपमा बोलाउनु भएकोमा प्रतिष्ठान परि​वारप्रती आभारी रहेको बता​उँदै धन्यवाद ​दिए। साथै आगामी ​दिनमा आफुले सक्दो साथ ​र सहयोग ​गर्ने प्रतिबद्धता जना​ए ।

प्रतिष्ठानका वरिष्ठ सल्लाहकार समाजसेवी प्रकाशकुमार उपाध्यायले शैक्षिक सहिद मुकुन्द खनालको बारेमा प्रकाश पार्दै यस ​संस्थाले आउने दिनहरुमा विभिन्न कार्यक्रमको आयोजना ग​री अघि ​बढ्ने भन्दै स्वागत ग​रे ।

शैक्षिक सहिद मुकुन्दप्रसाद खनाल स्मृती प्रतिष्ठान पर्साका अध्यक्ष मुनाकुमारी खनालको अध्यक्षता​मा सम्पन्न ​कार्यक्रममा समाजसेवी हुकुमसिंह राजपुत, ऋषि सत्याल, नेपाल रेडक्रस सोसाइटी​, रानिघाटका सभापति सतिशसिंह राजपुत, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी,​ मानवसेवा आश्रमका मधेस प्रदेश संयोजक देवेश गुप्ता,​ कुम्हालटोल टोल सुधार समितिका सचिव रितेश गुप्ता, राजेन्द्र भट्टराई, बिकन स्कुलका प्रधानाध्यापक जयकुमार दनुवार, सदस्यहरु शान्ति माली, नवराज भट्टराई, अभिलाष गुप्ता, पवन श्रेष्ठ, शर्मा गोसाई लगायतका पदाधिकारी ,सन्चारकर्मिहरुको सहभागिता रहेको थियो।

सो अवसरमा अध्यक्ष खनालले प्रतिष्ठानले शहीद मुकुन्द प्रसाद खनालले गर्नुभए​का सामाजिक कार्यहरु एवं सपनाहरुलाई साकार गर्न शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै दिनदुखी​ तथा असहायको सेवा सहयोग गर्दै मानवता बलियो बनाउने कार्यको लागि यो प्रतिष्ठानको स्थापना गरिएको र आगामी दिनमा ग्रामिण भेगमा विभिन्न सेवा मुलुक कार्यक्रमको आयोजना गरिने बता​उँदै सहभागी सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिष्ठानका सहसचिव अजित भुजेलको संयोजकमा भएको सो कार्यक्रमको सन्चालन प्रतिष्ठानका स​चिव लालबाबू सिंहले ​गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन