वीरगंज । वीरगंज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ।
प्रत्येक दिन आइतवारदेखि शुक्रवारसम्म बिहान १०.३० देखि साँझ ५ बजेसम्म वीरगन्ज -८ स्थित कार्यालयबाट गरीब तथा असहायहरुलाई निश्शुल्क कपड़ा उपलब्ध गराउँदै आएको छ। बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा नयाँ तथा पुराना गरी ६ सय थान कपड़ा वितरण गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताए ।
सो अवसरमा अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले दिनदुखी तथा असहायको सेवा सहयोग गर्ने उद्देश्यले “जोसँग धेरै कपडा छ भने दिएर जानुस् र नहुनेले निश्शुल्क लिएर जानुस् ” मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्षदेखि शनिबार बाहेक प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत विभिन्न स्थानहरुमा आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरुलाई लत्ताकपडा आदि सहयोग पुर्याएर सेवा गर्दै आइरहेको बताए । उनले असहायको सेवा सहयोगमा आआफ्नो आम्दानीको ५ देखि १० प्रतिशत सामाजिक सेवामा सहयोग गर्ने बानी बसाली मानवता बलियो बनाउन आग्रह गरे ।
यसगरी, अध्यक्ष सिंहले सबैको साझा प्रयास सहयोगले दिनदुखी तथा असहायको सेवा सहयोग हुने भन्दै सम्पुर्णलाई आआफ्नो ठाउँबाट सेवा सहयोग गर्न आग्रह गरे ।
वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता द्वय पन्नालाल गुप्ता , प्रकाश उपाध्याय तथा समाजसेवी हुकुम सिंह राजपुत, सतिश सिंह राजपुत, प्रकाश थारु, मोनिका सिंह,जानकी देवि, नवराज भट्टराई, अभिलाष गुप्ता, सन्जु साह, संचारकर्मी किशोर सिंह, अजित भुजेल, अर्जुन चौधरी लगायतको सहभागिता थियो ।