वीरगंज । अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाले किरण आँखा अस्पताल, वीरगंजको सहयोगमा एकदिने नि:शुल्क आँखा जाँच शिविरको सफल आयोजना गरेको छ। रक्सौलको बैंक रोडस्थित श्री सत्यनारायण मारवाड़ी पंचायती मन्दिर परिसरमा आयोजित शिविरमा ३ सयभन्दा बढी व्यक्तिले आँखा परीक्षण गराएका छन् भने ३० जनामा मोतियाबिन्दको पहिचान गरिएको छ।

दीप प्रज्वलन गरी उद्घाटन, सम्मान कार्यक्रम पनि सम्पन्न
शिविरको उद्घाटन नेत्ररोग विशेषज्ञ डा. अमर क्याल, सम्मेलन अध्यक्ष सोनू काबरा, पूर्व अध्यक्ष वीणा गोयल, सचिव संगीता धानोठिया लगायत पदाधिकारीहरूले दीप प्रज्वलन गरी गरे।

विज्ञापन

कार्यक्रममा किरण आँखा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरूलाई अंगवस्त्र ओढाएर सम्मानित गरियो। साथै, वीरगञ्जका प्रसिद्ध स्त्रीरोग विशेषज्ञ डा. नवनीत राज पाण्डेलाई पनि विशेष सम्मान प्रदान गरियो।

जनचेतनामूलक सन्देश: “समयमै आँखा जाँच गरौं, अन्धोपनबाट बचौं”
डा. अमर क्यालले आँखा शरीरको संवेदनशील अंग भएकाले समय-समयमा परीक्षण गरिनु आवश्यक भएको बताए। उनले भने, “आजको तनावपूर्ण जीवनशैलीले आँखासम्बन्धी रोगहरू बढाइरहेको छ। समयमै परीक्षण र उपचार गरेमा अन्धोपन जस्ता समस्याबाट बच्न सकिन्छ।”

चिकित्सकीय सेवा र उपचार
शिविरमा आएका बिरामीहरूको आँखा परीक्षणसँगै नि:शुल्क औषधि वितरण पनि गरिएको थियो।

शिविरमा सहभागिता जनाउने चिकित्सकहरूमा डा. क्यालको टोलीसँगै एन्ड्रिका यादव (ऑप्टोमेट्रिस्ट), गुड़िया महतो, कविता पोखरेल (को-ऑर्डिनेटर), कुमार, रूबी कुमारी, मनदीप कुमार, र रामबाबू चौरसिया थिए।

३० मोतियाबिन्दका बिरामीको निःशुल्क शल्यक्रिया वीरगञ्जमा हुने
अध्यक्ष सोनू काबराका अनुसार, “शिविरमा मोतियाबिन्द पहिचान भएका ३० जनाको निःशुल्क अपरेशन वीरगञ्जस्थित किरण आँखा अस्पतालको सहयोगमा गरिनेछ। अपरेशन खर्च सम्मेलनले व्यहोर्नेछ।”

उनका अनुसार रक्सौल क्षेत्रका नागरिकहरूसँगै सरस्वती विद्या मन्दिरका १०० विद्यार्थीहरूको पनि आँखा परीक्षण गरिएको हो।

सहकार्यमा सक्रिय सहभागिता
शिविरलाई सफल बनाउन महिला सम्मेलनका पदाधिकारी, लायन्स क्लब र भारत विकास परिषद् रक्सौल शाखाका प्रतिनिधिहरूको सक्रिय सहयोग रहेको थियो।

भारत विकास परिषद् रक्सौल शाखाका मिडिया प्रभारी रजनीश प्रियदर्शीका अनुसार, “यस्ता सेवा कार्यहरूले सीमावर्ती क्षेत्रको स्वास्थ्य क्षेत्रमा सकारात्मक सन्देश र सहयोग पुर्‍याइरहेका छन्।”

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here