पर्सा — पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोकमा लागू औषध खरिद–विक्री भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले एक युवकलाई खैरो हिरोइन जस्तो देखिने लागू औषधसहित बुधवार पक्राउ गरेको जनाएको छ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले BR06CT0810 नम्बरको मोटरसाइकलमा सवार एक युवकलाई तीनवटा प्लास्टिकको पुरियामा लुकाइएको लागू औषध फेला परेको हो। बरामद पदार्थ खैरो हिरोइन जस्तो देखिने १५ ग्राम रहेको प्रहरीले जनाएको छ।

विज्ञापन

पक्राउ परेका युवक वीरगंज महानगरपालिका वडा नं. १६, ईनर्वाका २२ वर्षीय मुस्तुफा अन्सारी रहेका छन्। उक्त मोटरसाइकल र लागू औषधसहित अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको छ। प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here