वीरगंज, पर्सा । नेकपा एमाले निकट नेपाल निर्माण उघोग परिषद् पर्साको प्रथम जिल्ला अधिवेशन शुक्रवार वीरगंजमा सम्पन्न भएको छ। अधिवेशन नेकपा एमाले पर्साका सचिव महेश दासको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
अधिवेशनमा परिषद्का केन्द्रीय अध्यक्ष वलीभद्र राना, महासचिव रामशरण देउजा, उपमहासचिव पुष्कर न्यौपाने, कार्यालय सचिव बालकृष्ण बुढाथोकी तथा नेपाल निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष सुरेश कुर्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
अधिवेशनले जले आलम अन्सारीको अध्यक्षतामा नेपाल निर्माण उद्योग परिषद् पर्साको नयाँ नेतृत्व चयन गरेको छ। उपाध्यक्षमा वीरेन्द्र कुर्मी, सचिवमा भगवान प्रसाद कुर्मी, कोषाध्यक्षमा सन्तोषकुमार गुप्तालाई चयन गरिएको छ भने सदस्यमा पन्नालाल राउत, सुरेशप्रसाद कुर्मी, विनोदकुमार यादव र चन्द्रशेखर प्रसाद यादवलाई चयन गरिएको छ ।
नवगठित नेतृत्वलाई अधिवेशनले आगामी दिनमा निर्माण क्षेत्रको समुन्नत विकास र व्यावसायिक हितका पक्षमा सक्रिय रहन आग्रह गरेको छ।

























