तस्विर श्रोत : जिल्ला प्रहरी कार्यालय, पर्सा

पर्सा, २०८२ जेठ १२ – विशेष सूचनाको आधारमा भन्सार छली गरी भारतबाट अवैध औषधी भित्र्याउने कार्यमा संलग्न एक व्यक्ति पिकअप गाडीसहित पर्सा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला पर्सा, विन्दवासिनी गाउँपालिका–४ मधवलस्थित सडकखण्ड हुँदै भन्सार छली गरेर चोरी पैठारी गरिएको औषधी लोड गरिएको ना.५ च २४८३ नम्बरको पिकअप गाडीलाई प्रहरीले अन्दाजी १४:३० बजे रोकेको थियो।

विज्ञापन

पक्राउ परेका व्यक्ति बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–५ निवासी २४ वर्षीय सुनिल कुमार राम हुन्। उनले विभिन्न प्रकारका औषधीहरू वीरगञ्जतर्फ ल्याउँदै गर्दा प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएको हो।

गाडीमा लोड औषधीहरूमा आवश्यक विलबिजक तथा भन्सार सम्बन्धी कुनै कानुनी कागजात नपाएपछि गाडी, चालक र औषधीहरूसहितको सम्पूर्ण सामान नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ। बरामद औषधीको अनुमानित मूल्य १२ लाख ७८ हजार ५ सय २० रुपैयाँ रहेको छ।

पक्राउ परेका व्यक्ति, गाडी र बरामद औषधीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here