तस्विर : सञ्जय यादव / अभितक

वीरगंज, जेठ १२ — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ठाकुरराम क्याम्पसद्वारा आइतबार क्याम्पस परिसरमा आयोजित रक्तदान कार्यक्रममा एक महिला सहित ६१ जनाले रगत दान गरेका छन्।

रक्तदान कार्यक्रममा सहभागी रक्तदातामध्ये प्रिती पटेल, राहुलसिंह राजपूत, जयनेपाल चौरसिया, राजु पटेल, गुड्डु पटेल, सकलेन मुस्ताक, आलोक सिंह, रिकेश यादव, राहुल साह, बृजकिशोर गोसाई, सुहेल अन्सारी, प्रेम सागर, इम्तियाज हुसेन, प्रेम सागर चौधरी, उज्ज्वल उपाध्याय लगायतको उल्लेखनीय सहभागिता रहेको वीरगंज रक्तसञ्चार केन्द्रका प्रमुख सौरभराज पाण्डेयले जानकारी दिए।

विज्ञापन

कार्यक्रम स्ववियु सभापति राजकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। सभापति यादवले रगतदानलाई जीवनदानको रुपमा व्याख्या गर्दै हाल वीरगंज र आसपासका क्षेत्रहरूमा रगतको अभाव रहेको बताए। वीरगंज रक्तसञ्चार केन्द्रको आग्रहलाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको बताउँदै उनले सम्पूर्ण रक्तदाता र सहयोगीहरूप्रति आभार व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता अरविन्द गुप्ता प्रमुख अतिथिको रूपमा उपस्थित थिए। त्यस्तै, विशिष्ट अतिथिका रूपमा क्याम्पस प्रमुख रञ्जित प्रसाद यादव, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, प्राध्यापक सङ्घका पूर्व सभापति प्रमोद कुशवाहा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, पूर्व स्ववियु सभापति वैकुण्ठ श्रीवास्तव, समाजसेवी प्रकाश उपाध्याय, वीरगंज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, सामाजिक अभियन्ता राजेन्द्र भट्टराई, र आदर्शनगर अस्थायी प्रहरी पोस्टका प्रमुख प्रदीपकुमार गोलेलगायतको उपस्थिति थियो।

कार्यक्रममा स्थानीय प्राध्यापक, विद्यार्थी तथा समाजसेवीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here