वीरगंज, पर्सा — “रक्तदान जीवनदान” भन्ने संदेशलाई आत्मसात गर्दै वीरगंजस्थित एलएस न्युरो अस्पतालले शुक्रवार विहान ७ बजे एक खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा रक्तदाता महिला तथा पुरुषको उत्साह हेर्न लायक थियो। २२ जना महिलासहित ५२ जनाले उत्साहपूर्वक रक्तदान गरी मानव सेवाको अनुपम उदाहरण प्रस्तुत गरेको अस्पतालका संचालक रामप्रवेश प्रसाद कुर्मीले बताए ।
रक्तदानपछि सहभागीहरूले “यो रगत मात्र होइन, जीवनको आशा हो” भन्ने भाव व्यक्त गरे।
कार्यक्रमको प्रमुख उद्देश्य अप्ठ्यारो अवस्थामा रहेका बिरामीहरूको जीवन रक्षा गर्नु र रक्त अभावको समस्यालाई समाधान गर्नु रहेको अस्पतालका निर्देशक डा अर्जुन पटेलले बताए । उनले यस प्रकारका अभियानहरूले समाजमा सकारात्मक ऊर्जा र सहयोग भावनाको विकास गर्ने विश्वास लिइएको बताए ।
कार्क्रममा नेपाल रेडक्रस सोसाइटी, पर्साका सभापति वृजकिशोर पटेल, परवानीपुर गापा अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मी, संचारकर्मी विनोद पटेल तथा अस्पतालका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो। अस्पतालको प्राङ्गणमा आयोजित यस पुण्यकार्यको प्राविधिक सहयोग वीरगंज रक्तसंचार केन्द्रले गरेको थियो।
आयोजक पक्षले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइने जनाएको छ ।

























