प्रशुराम पटेल, पोखरिया — “महिला अधिकारको सम्मान : आत्मनिर्भरता हाम्रो अभियान” नारासहित पोखरिया नगरपालिकाले सातौं राष्ट्रिय महिला अधिकार दिवस २०८२ को अवसरमा सचेतनामूलक -याली कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ।
कार्यक्रममा रामदेव कलवार माध्यमिक विद्यालयका छात्राहरूको उत्साहजनक सहभागिता रहेको थियो।
पोखरिया नपा वडा नं ४ का वडाध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासकीय अधिकृत रामबिनय सिंह, शिक्षा शाखा प्रमुख विजय झा, बाल्मिकी प्रसाद, भवानी गिरी, सुनिल रामलगायत कर्मचारी र स्थानीयको समेत उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य महिलामा अधिकारप्रतिको चेतना अभिवृद्धि गर्नु र आत्मनिर्भरता प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएका छन्।

























