वीरगंज, पर्सा – पर्सा ख्रीष्टीयान समाजको आयोजनामा ठोरीस्थित जंगल रिसोर्टमा आयोजित “जागृति सम्मेलन तथा नव समिति गठन” कार्यक्रममा पर्सा ख्रीष्टीयान युवा समिति गठन गरिएको छ। सुनबहादुर लामा ‘माइकल’ सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्।
११ सदस्यीय समितिमा उपाध्यक्ष इसाहक सुनार, सचिव सिमसोन सुनार, सह-सचिव अजित श्रीवास्तव, कोषाध्यक्ष राजु विक तथा सदस्यहरूमा विश्वास डंगोल, उषा मगर, समिया पण्डित, गोपाल गुरुङ र सुस्मिता उराउ रहेका छन्।
कार्यक्रममा पास्टर बाबुराम क्षत्री, रोशन सुनार, प्रेम घिमिरे, सिमोन राई लगायतले प्रेरणादायी सन्देश र शुभकामना दिएका थिए। संगीतमय प्रस्तुति निरज आचार्य, मनोज विक र सिद्धार्थ सुनारको अगुवाइमा सम्पन्न भएको थियो।

























