वीरगंज – नेकपा एमालेकी समानुपातिक सांसद निर्मला देवकोटाका श्रीमान कुमार कोइराला विष सेवनपछि गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । पारिवारिक विवादका कारण कोइरालाले विष सेवन गरेका हुन् भन्ने प्रारम्भिक जानकारी आएको छ ।
पारिवारिक कलहका बीच गत जेठ १० गते शनिबार उनले नाम नखुलाइएको विषादी सेवन गरेका थिए । त्यसयता कोइरालाको उपचार वीरगन्जस्थित नारायणी अस्पतालको आइसियू कक्षको ‘सी’ नम्बरको बेडमा भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था चिन्ताजनक छ र मृगौलामा समेत समस्या देखिएको छ ।
शुरुआती दिनहरूमा राजनीतिक पहुँचका कारण उपचार गुपचुप रूपमा गरिएको प्रहरी स्रोतले जनाएको छ । घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय, पर्साबाट टोली घटनास्थलतर्फ खटिएको र अनुसन्धान तीव्र बनाइएको प्रहरीको भनाइ छ ।
पर्सा प्रहरीले विष सेवनको कारण घरेलु विवाद रहेको प्रारम्भिक अनुसन्धानमा खुलिएको बताएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । छोटो मिठो शिर्षक र व्याकरण शुद्धि

























