वीरगंज, पर्सा — वीमनपा वडा नं ४ स्थित भगवती टोलमा संचालित भगवती युवा क्लबको पुनर्गठन गर्दै नयाँ कार्यसमिति चयन गरिएको छ। शनिबार सम्पन्न बैठकले सुमित पटेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्ष ऐजाज अख्तर, सचिव दिपेश सिंह, सह–सचिव ईमरान मियाँ, कोषाध्यक्ष आकाश भट्टराई, सह–कोषाध्यक्ष अभिषेक वर्णवाल चयन भएका छन्। यसैगरी, सदस्यहरू – सार्दुल भट्टराई, बिराट सिंह, सिसास थापा, रोसन गोसाई, आदित्य बानियाँ, विवेक थापा, विकास खनाल, अमन भट्टराई, पप्पु महतो, छबी सरार्फ र कविता देवी रहेको बताइएको छ।
नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै क्लबका संस्थापक सल्लाहकार एवं वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायले टिका र खादा ओढाएर सम्मान गरे। उनले क्लबले विगतमा गरेका विविध सामाजिक कार्यहरूको प्रशंसा गर्दै, आगामी दिनमा अझ प्रभावकारी रूपमा समाज सेवा गरी वीरगंज र देशमै क्लबलाई नमुना बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा वडा सदस्य शर्मा गोसाई, अधिवक्ता प्रज्जवल अधिकारी, पुरण प्रधान, श्याम केसी, सुलभ केसी, विपद गोसाई, नगीया देवी, पवन श्रेष्ठ, गणेश लामा, ऐजाज अख्तर लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए। कार्यक्रमको सहजीकरण सार्दुल भट्टराईले गरेका थिए।

























