तस्विर : अभितक

दिनेश मिश्र, वीरगंज, ५ जेठ — सडक सुरक्षामा जनचेतना फैलाउने उद्देश्यले ट्राफिक प्रहरी, पर्साको अगुवाइमा वीरगंजमा ‘ट्राफिक जनचेतनामूलक साप्ताहिक कार्यक्रम–२०८२’ को शुभारम्भ गरिएको छ।

वीरगंजको घंटाघरमा आयोजित कार्यक्रममार्फत् आजबाट साप्ताहिक कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो। कार्यक्रम जेठ ​२२ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ।

विज्ञापन

ट्राफिक प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय विद्यालयका विद्यार्थी, जनप्रतिनिधि, पत्रकारलगाएत सर्वसाधारणको बाक्लो उपस्थिति रहेको उक्त -यालीमा ट्राफिक नियम पालनाका सन्देशमूलक प्लेकार्डहरू प्रदर्शन गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य सडक अनुशासनको पालन गराई सवारी दुर्घटना न्यूनीकरण गर्नु रहेको आयोजकले जनाएका छन्। ट्राफिक प्रहरीको आयोजनामा जनचेतना फैलाउने कार्यक्रमसँगै विशेष निगरानी तथा चेकिङसमेत तीव्र पारिनेछ।

कार्यक्रममा सहभागीहरूले ‘सडक अनुशासन पालन गरौं, दुर्घटनाबाट बचौं’ भन्ने नारा लगाउँदै नगर परिक्रमा गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here