वीरगंज, २४ जेठ — संस्कार संस्था वीरगंजले निर्जला एकादशीको अवसरमा शनिवार निशुल्क निम्बु पानी (सर्बत) वितरण गर्दै समाजसेवा सम्पन्न गरेको छ। वीरगंजको राणीसती मन्दिर अगाडि गरिएको उक्त कार्यक्रममा ३ हजारभन्दा बढी जनालाई चिसो सर्बत खुवाइएको संस्थाका सदस्य सोनि अग्रवालले जानकारी दिनुभयो।

संस्थाकी अध्यक्ष रेणु अग्रवालका अनुसार जेष्ठ महिना वर्षकै अत्यधिक गर्मी हुने समय भएकाले निर्जला एकादशीको पावन दिनलाई लक्षित गरी दिनको ११ बजेदेखि सेवा सुरू गरिएको थियो। दिउँसो १ बजेसम्म २ हजार जनाले सेवा लिइसकेको र ३ बजेसम्म यो संख्या ३ हजार नाघेको जानकारी दिइयो। “गर्मीको समयमा सर्बत वितरण गरेर दिनदुखी, असहाय, पर्यटक, रिक्सा चालक र सवारी साधनमा हिँड्ने यात्रुहरूलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको छ,” अध्यक्ष रेणु अग्रवालले भनिन्।

 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन