वीरगंज, ०३ असार — महोत्तरीको रम्तेलडाँडा सामुदायिक वनमा भएको रुख कटानी प्रकरणमा विशेष अदालतबाट आंशिक सफाइ पाएका प्रतिवादीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

आयोगका अनुसार डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीमा कार्यरत तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साह र सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव लगायतले रम्तेलडाँडा सामुदायिक वन क्षेत्रका विभिन्न रुखहरू व्यक्तिलाई लाभ हुने गरी अवैध रूपमा कटान गरेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको थियो।

विज्ञापन

सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम प्रतिवादीहरूविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवानाको मागसहित विशेष अदालत, काठमाडौंमा मुद्धा दायर गरिएको थियो।

तर, विशेष अदालतले २०८१ साल असार २५ गतेको फैसलामार्फत प्रतिवादीहरूलाई आंशिक सफाइ दिएकोले उक्त फैसलासँग असन्तुष्टि जनाउँदै आयोगले २०८२ असार २ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले उक्त पुनरावेदनको जानकारी दिँदै दोषीहरूलाई कानुनी दायरामा ल्याउन आयोग प्रतिबद्ध रहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here