वीरगंज, ०४ असार – लागु औषध अफिम जस्तो देखिने पदार्थसहित चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१० स्थित रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। असार ३ गते मङ्गलवार दिउँसो अन्दाजी डेढ बजेको समयमा वडा प्रहरी कार्यालय, विर्ता र लागु औषध नियन्त्रण व्यूरो शाखा, पर्साबाट खटिएको टोलीले ना४६प२५४० र ना४०प६४६९ नम्बरका दुईवटा मोटरसाइकलमा सवार व्यक्तिहरूमाथि चेकजाँच गर्दा लागुऔषध फेला परेको हो।
पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नं ५ का ३५ वर्षीय रामेश्वर राउत, वडा नं १ का ४० वर्षीय विनोद गिरी, सुनिलकुमार श्रीवास्तव, रामेश्वर राउत तथा लागुऔषधसहित मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

























