भारी वर्षा सम्भावना

वीरगंज, ०५ असार — आगामी २४ घण्टामा देशका विभिन्न स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा, काठमाडौँले जनाएको छ।

हाल देशका पूर्वी भूभागमा मनसुनी वायु सक्रिय रहेको छ भने पश्चिमी भूभागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। साथै भारतको पश्चिम बंगाल आसपास बनेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव परेको महाशाखाले जनाएको छ।

विज्ञापन

यसैगरी, आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै देशका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here