तस्वीर : जिल्ला प्रहरी कार्यालय, बारा

कलैया, ​०६ असार – बाराको कलैया उपमहानगरपालिका–१४ बघवन टोलमा भएको नन्दुराउत कुर्मीको हत्यामा संलग्न मुख्य आरोपीसहित ​जाहेरी अनुसार ​सबैजना​ आरोपीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

​मृतकका छोरा कलैया उमनपाका–१४ बघवनका दीपेन्द्र पटेल (२६) को जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको ​र घट्नामा संलग्न सबैजना आरोपीहरुहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको ​जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

विज्ञापन

पक्राउ गरिएका आरोपीहरु कलैया उमनपाका–१४ बघवनका क्रमश: मुख्य आरोपी उमेश जैसवाल (३८), ​उमेश जैसवालकी श्रीमती​ रञ्जु देवी (३५), ​​उमेश जैसवालका छोराहरू​ सुमित जैसवाल (२०) एवं​ सुजितकुमार जैसवाल (१८)​ र दिगम्बरप्रसाद जैसवाल (३४)​ माथि आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

​घटना ​गत जेठ २९ गते साँझ करिब ​सवा छ बजे कलैया–१४ स्थित उमेश साहको राइस मिल अगाडि मृतक नन्दुराउत कुर्मी (५०) लाई कुटपिट गरिएको थियो। गम्भीर घाइते भएका कुर्मीलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

जाहेरी अनुसार मृतकको नातिनी र करैयामाई गाउँपालिका–७ का गौतम पासवानबीचको भेटघाट गराएको विषयलाई लिएर मृतककी श्रीमतीले मुख्य आरोपी उमेश जैसवालका कान्छा छोरा सुजितकुमार जैसवाललाई हातपात गरेकी थिइन्। सोही घटनालाई लिएर रिस​इवीको ​कारण गत जेठ २९ गते साँझ उमेश जैसवालसहितका व्यक्तिहरू​ले मिलमा पुगेर कुटपिट गरेका थिए।​

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here