तस्वीर : जिल्ला प्रहरी कार्यालय, पर्सा

वीरगंज, ०८ असार — पर्साको जगरनाथपुर गाउँपालिका–४ मा आफ्नै पत्नीको घाँटी थिची हत्या गरेको आरोपमा श्रीमान् सफिराजा मियाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असार ७ गते शनिवार राति करिब पौने १ बजे २१ वर्षीया लालबीबी खातुनको आफ्नै सुत्ने कोठामा मृत्यु भएको अवस्थामा शव फेला परेको थियो। घटनापछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगंज पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

विज्ञापन

प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमान–श्रीमतीबीच लामो समयदेखि बोलचाल बन्द रहेको, पारिवारिक मनमुटाव चर्किंदै गएको र आपसी रिस–ईर्ष्या घटना हुनुको कारण रहेको खुलेको छ। मृतककी श्रीमतीले व्यवहारमा चासो नदेखाएको र घर फर्किएपछि समेत वास्ता नगर्ने गरेको कुराले झन झगडालाई उकासेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

२२ वर्षीय अभियुक्त सफिराजा मियाँलाई प्रहरीले नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here