तस्वीर : जिल्ला प्रहरी कार्यालय, पर्सा

वीरगंज, ०८ असार – शुक्रवार दिउँसो करिब डेढ बजे वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकमा भारत र नेपालबीच आउजाउ गर्ने सवारीसाधन तथा पैदल यात्रीहरूको नियमित चेकजाँचको क्रममा एकजना व्यक्तिलाई हुण्डी कारोबारको आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएको छ।

भारतको बिहार राज्य अन्तर्गत मोतीहारी जिल्ला रक्सौल थाना वडा नं १७ बस्ने ५० वर्षीय प्रभु साह साइकलबाट वीरगंजतर्फ आउँदै गरेका थिए। उनलाई रोकी खानतलासी गर्दा साहले बोकेको झोलाभित्र लुकाइछिपाई राखिएको नेपाली रु एक हजार दरका ३४४ थान र एकसय दरका २० थान गरी कुल रु तिन लाख ४६ हजार फेला परेको पर्सा प्रहरीले जनाएको छ।

विज्ञापन

उक्त रकमको स्रोत नखुलेको र हुण्डी कारोबार अन्तर्गत भएको आशङ्कामा बरामद गरी प्रहरी नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार (हुण्डी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here