काठमाडौँ, १४ असार — २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देशभरका ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले शुक्रबार नतिजा सार्वजनिक गरेको हो।

जारी विवरण अनुसार कुल ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जना पास भएका छन्। उनीहरू विभिन्न ग्रेडमा विभाजित छन्।

जीपीए ३.६० देखि ४ ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ। जीपीए ३.२० देखि ३.६० ल्याउने ८१ हजार ३८५, जीपीए २.८० देखि ३.२० ल्याउने ८९ हजार १२४, जीपीए २.४० देखि २.८० ल्याउने ४८ हजार ४७९, जीपीए २ देखि २.४० ल्याउने ४ हजार १२६ र जीपीए १.६० देखि २ ल्याउने ८ जना छन्।

यसपटक नन ग्रेडेड (पास नगरेका) विद्यार्थीको संख्या १ लाख ६७ हजार ५९७ रहेको छ।

जीपीए ३.६० देखि ४ ल्याउने विद्यार्थी संख्या प्रदेशअनुसार यस्तो छ:

  • बागमती प्रदेश: २३,७८२ जना
  • लुम्बिनी प्रदेश: ६,७५४ जना
  • कोशी प्रदेश: ६,२५८ जना
  • गण्डकी प्रदेश: ४,८९५ जना
  • मधेश प्रदेश: ४,१३८ जना
  • सुदूरपश्चिम प्रदेश: १,२१९ जना
  • कर्णाली प्रदेश: १,१३१ जना

यस वर्षको एसईई परीक्षा २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here