वीरगंज, १८ असार – लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटी क्लबको नवनिर्वाचित अध्यक्ष सुशीला साहको नेतृत्वमा हालै गठन भएको कार्यसमितिले नेपाल पत्रकार महासङ्घ पर्सा शाखालाई २० थान गम्ला हस्तान्तरण गरेको छ ।

सहयोग कार्यक्रम नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सभा हलमा आयोजना गरिएको थियो । क्लबका अनुसार कार्यक्रमको उद्देश्य वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै महासङ्घको कार्यालय परिसरलाई हराभरा बनाउने रहेको छ ।

विज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी वक्ताहरूले क्लबको सामाजिक उत्तरदायित्वप्रति देखाएको सक्रियता र सरोकारको प्रशंसा गर्दै यस्ता सहयोगमूलक पहल भविष्यमा पनि निरन्तर रहनुपर्नेमा जोड दिए । अध्यक्ष सुशीला साहले भनिन्, “हरेक संस्थामा हरियालीको महत्त्व हुन्छ, र स-साना प्रयासहरूले पनि समाजमा ठूलो सकारात्मक सन्देश दिन सक्छ । क्लब सामाजिक कार्यमा अझ सक्रिय रहने प्रतिबद्धतासहित यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जानेछ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्सा अध्यक्ष ओमप्रकाश खनाल, सचिव विजय महतो, अजित भुजेल लगायत महासङ्घका अन्य पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । साथै, कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्टिक्ट ३२५का एसकी डिष्टिक्ट चीफ आश्मा सिंह यादव, एरिया चिफ लायन रामेश्वर गुप्ता, डिष्टिक्ट डिपुटी चिफ लायन विजय कुश्वाहा, एरिया सेकेरेटि लायन सल्मा खातुन, जोन चेयर पर्सन लायन सुनिल गुप्ता लगायतको उपस्थिती रहेको थियो । लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका पदाधिकारीहरूसँगै अन्य विभिन्न लायन्स क्लबका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here