वीरगंज, १९ असार — कन्या माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध सचेतनामूलक कार्यक्रम ​बिहीवार सम्पन्न भएको छ। सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय, पर्साको सहकार्यमा आमा नेपाल फाउन्डेसन​, पर्साले ​कार्यक्रम आयोजन गरको हो

कार्यक्रम फाउन्डेसनकी अध्यक्ष प्रमिता मानन्धरको अध्यक्षता र वीरगंज महानगरकी प्रथम महिला समाजसेवी तथा विद्यालयकी शिक्षिका अन्नपूर्णा मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। प्रमुख प्रशिक्षकका रूपमा उपस्थित जिल्ला प्रहरी कार्यालय​, पर्सा अन्तर्गत नगवा प्रहरी चौकीका प्रमुख प्रनानी अजयकुमार रामले लागुऔषधको प्रकार, दुष्प्रभाव र कानुनी पक्षबारे विद्यार्थीहरूलाई विस्तृत जानकारी दिएका थिए। उनले बृत्तचित्र र सन्देशमूलक नाराहरू मार्फत लागुऔषध सेवनले शारीरिक, मानसिक, सामाजिक र आर्थिक रूपमा व्यक्तिलाई कमजोर पार्दै अन्ततः मृत्युको मुखमा पुर्‍याउने भएकाले समयमै सचेत रहन आग्रह गरे। साथै उनले विद्यार्थीहरूको जिज्ञासाहरूको जवाफ दिँदै अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न गरे।

विज्ञापन

कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्णा मानन्धरले लागुऔषधले व्यक्ति मात्र नभई उसको परिवार र समाजलाई समेत बर्बाद बनाउने भएकाले यसबाट टाढा रहन र आफू पनि सचेत भई अरूलाई समेत सतर्क गराउन आग्रह गरिन्। विद्यालयका प्रधानाध्या​पिका अनिता साहले विद्यार्थीहरूले आज सिकेका कुराहरू घर, परिवार, साथीभाइ र छरछिमेकमा बाँडेर लागुऔषधबाट बच्न र बचाउन आग्रह गर्दै आयोजक र सहकार्य गर्ने सबैलाई धन्यवाद ​दिईन् 

वीरगंज-४ का वडा सदस्य शर्मा सरभङ्गले लागुऔषधले समाज र राष्ट्रलाई भित्रभित्रै कमजोर बनाउने भएकाले सुरुवातमै नियन्त्रण गर्नुपर्नेमा जोड दिंदै स्कुल वरपर रक्सी, चुरोट, गुटखा लगायतका वस्तुको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउन आग्रह गरे।

कार्यक्रममा अतिथि युवा समाजसेवी सन्तोष कुमार श्रेष्ठ, विद्यालयका शिक्षकहरू, वडा सदस्यहरू, कक्षा ९ का ७० जना विद्यार्थीहरू लगायतको सहभागिता रहेको थियो। 

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here