वीरगञ्ज, २१ असार । वीरगञ्जस्थित होटल दियालोमा Women’s Creation द्वारा आयोजित २१औं समर एक्जिबिसन सम्पन्न भएको छ। विभिन्न व्यवसाय, कला र महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा करिब ५० वटा स्टलहरू राखिएका थिए भने एक हजारभन्दा बढी दर्शकहरूले अवलोकन गरेका थिए।

कार्यक्रमकी अध्यक्ष अन्जु रूंगटाले “नयाँ व्यापारको सोच र महिला उद्यमशीलतालाई अघि बढाउन साथै महिलाहरूलाई सफल व्यवसायी बन्ने बाटो देखाउन यो मेला आयोजना गरिएको हो,” भन्दै आगामी कृष्ण जन्माष्टमी, रक्षा बन्धन र मारवाडी समुदायको सिन्धारा पर्वलाई लक्षित गरेर एक्सिबिसन गरिएको जानकारी दिइन्।

विज्ञापन

एक्जिबिसनमा काठमाडौँ, नारायणगढ, सिरहा लगायत वीरगञ्जका साथै भारतको मुजफ्फरपुर, बेतिया र कलकत्ताबाट समेत व्यवसायीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा महिला श्रृंगार, पूजाका सामग्री, पहिरन, गहना, सजावटका सामग्री, विभिन्न परिकार र कसमेटिक्सका स्टलहरू राखिएका थिए।

Royal Enfield यस कार्यक्रमको मुख्य प्रायोजक रहेको थियो भने Bigmaster, Quest Pharmia, Galaxy र Premia सह प्रायोजक रहेका थिए। आयोजक संस्था Women’s Creation की स्थायी सदस्य अपर्णा पटवारीले “यो कार्यक्रम केवल व्यापारिक दृष्टिकोणको लागि मात्र नभई, उचित ठाउँ र प्लेटफर्म नपाएर व्यवसाय देखाउन नसकेका महिला समूहलाई निःशुल्क स्टल दिई सहयोग गर्ने उद्देश्यले गरिएको हो,” बताइन्।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह प्रमुख अतिथि थिए। त्यस्तै, वीरगञ्ज चेम्बर अफ कमर्सका अध्यक्ष हरि गौतम, नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानी, एपीएफका एसपी राधेश्याम धिमाल र जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्राको उपस्थिति रहेको Women’s Creation की सदस्य नूतन सरावगीले जानकारी दिइन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here