वीरगंज, २८ असार — इंग्ल्यान्ड र भारतबीच जारी तेस्रो टेस्ट क्रिकेटको दोस्रो दिनको खेल रोचक अवस्थामा पुगेको छ। घरेलु टिम इंग्ल्यान्डले पहिलो इनिङ्समा जोए रुटको उत्कृष्ट शतकीय पारीसहित ३८७ रन बनाएको छ भने जवाफमा भारतले आफ्नो पहिलो इनिङ्समा तीन विकेट गुमाउँदै १४५ रन बनाएको छ। दोस्रो दिनको समाप्तिमा भारत अझै २४२ रनले पछाडि रहेको छ।

भारतका लागि ऋषव पन्त १९ रनमा र केएल राहुल ५३ रनमा अविजित छन्। सुरुवातमा ओपनर यशश्वी जसवाल १३ रनमा र कप्तान शुभमन गिल १६ रनमा आउट भए भने करुन नायरले ४० रनको योगदान दिए। इंग्ल्यान्डका तर्फबाट क्रिस वक्स, जोफ्रा आर्चर र बेन स्टोक्सले समान एक-एक विकेट लिएर भारतको सुरुवाती आक्रमणमा ब्रेक लगाएका थिए।

विज्ञापन

त्यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्समा जोए रुटको जिम्मेवार १०४ रन, ब्रायडन कार्सको ५६ रन र जेमी स्मिथको ५१ रनको मद्दतले सम्मानजनक स्कोर बनाएको थियो। इंग्ल्यान्डको पारी समेट्न भारतका स्टार बलर जसप्रित बुमराहले उल्लेखनीय प्रदर्शन गर्दै ७४ रन खर्चेर पाँच विकेट लिए। उनलाई अन्य बलरहरुले पनि सहयोग गरे तर बुमराह नै प्रमुख घातक बने।

दोस्रो दिनको समाप्तिमा भारतले अझै इंग्ल्यान्डको स्कोर बराबरी गर्न २४२ रन बनाउन बाँकी छ। केएल राहुल र ऋषव पन्तको जोडीले भारतीय पारीलाई सम्हालिरहेका छन्। भारतको दृष्टिकोणबाट यो साझेदारी निर्णायक हुने देखिएको छ।

तिन दिन बाँकी रहेका कारण दुवै टोली खेलमा बलियो अवस्थामा रहन सक्छन्। भारतले पहिलो इनिङ्समा इंग्ल्यान्डको स्कोर नजिक पु-याउने प्रयास गर्नेछ भने इंग्ल्यान्ड आफ्नो बलिङ प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here