पशुराम पटेल, पोखरिया, ३२ असार — बहुदरामाई नगरपालिका–३, नगरदाहाका दिवंगत रविप्रसाद साहकी पत्नीलाई स्थानीय समाजसेवीहरूको पहलमा राहत सामग्री वितरण गरिएको छ।
रविप्रसाद साहको केही दिनदेखि अस्पतालमा उपचार भइरहेको अवस्थामा अचानक निधन भएको हो। असार २१ गते साहको निधन वीरगंजस्थित नारायणी अस्पतालमा भएको हो। साहलाई सुगर, टीबी लगायतका दीर्घरोगहरू थिए, साथै अत्यधिक मदिरा सेवनको लतले स्वास्थ्य थप जटिल बनेको बताइएको छ।
दैनिक गुजारा कठिन भएको अवस्थामा श्रीमतीको एक्लो पीडालाई केही हदसम्म कम गर्ने उद्देश्यले छपकैया हिन्दु युथ्स, वीरगंजका युवा तथा समाजसेवीहरू निरन्जन सर्राफ, मनोज साह, पप्पु सोनार, लखन दास, रोहित गिरी र हिम्मतलाल साह लगाएको पहलमा राहत प्रदान गरिएको हो। सहयोगमा चिनी २५ केजी, आलु ५० केजी, चिउरा ३८ केजी, आटा २६ केजी र प्याज २५ केजी प्रदान गरिएको छ।
यस सहयोगमा बजरङ्ग सेना, नकटुवा को पनि विशेष भूमिका रहेको जनाइएको छ। आर्थिक अवस्था कमजोर भएकाले पारिवारिक पीडामा साथ दिने उद्देश्यले सहयोग गरिएको सहयोगीहरूले बताएका छन्।
स्थानियहरूले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश दिने बताएका छन्।