काठमाडौँ, १ साउन — देशभरि गएको तीन महिनामा विपद्का घटना चुलिँदै गएका छन् । वैशाखदेखि असारसम्मको अवधिमा मात्रै २ हजार ६५ वटा विपद् सम्बन्धी घटना भएका छन् । ती घटनामा परी ९३ जनाको मृत्यु भएको छ भने २२ जना अझै बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, सर्पदंश, हावाहुरीलगायतका घटनाले देशमा मानवीय र भौतिक क्षति गहिरो बनाइरहेको देखिन्छ ।

विज्ञापन

तीन महिनामा मात्र बाढीका १३७ घटना भएका छन्, जसमा १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन् । रसुवाको भोटेकोशीमा असार २४ गते आएको बाढीले मात्रै ठूलो जनधनको क्षति गराएको छ । हिमताल विष्फोटका कारण आएको बाढीले घर, खेत, बाटो र पुल बगाएको थियो।

प्राधिकरणका प्रवक्ता सुरेश सुनारका अनुसार, विपद्का घटनामा परी हालसम्म ४४५ जना घाइते भएका छन् भने ४ हजार १३६ परिवार प्रभावित भएका छन्।

थप विपद् विवरण यस्तो छः

  • पहिरो : १७५ घटनामा ६ जनाको ज्यान गयो

  • चट्याङ : २६ जनाको मृत्यु

  • आगलागी : १४ जनाको ज्यान गयो, १,०४८ परिवार प्रभावित

  • जनावरको आक्रमण : १२ जनाको मृत्यु

  • लेक लागेर : ११ जनाको मृत्यु

  • सर्पदंश, हावाहुरी, भारी वर्षा : दर्जनौं पीडित र क्षति

कुन घटनाबाट कति प्रभावित ?

  • बाढी : १,२४६ परिवार

  • आगलागी : १,०४८ परिवार

  • अन्य (पहिरो, चट्याङ्, सर्पदंश आदि) : सयौँ परिवार

सरकार र सरोकारवाला निकायलाई अब समयमै सूचना, पूर्वतयारी र राहत कार्यमा बढी सजग हुन जरुरी देखिन्छ । यदि यस्तो स्थितिमा पूर्व तयारी नभए, विपद्ले अझै धेरै जनधनको क्षति गर्न सक्छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here