वीरगंज, ०२ साउन — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहँदा देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, यी चारवटै प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएको छ।

देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी, आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरू, मधेश प्रदेशका थोरै स्थानहरू र देशका अन्य पहाडी भू–भागहरूमा समेत हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च–पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्हरूले आगामी केही दिन अझै मनसुनी प्रभाव यथावत् रहने जनाएका छन्। नागरिकहरूलाई मौसमको जानकारी लिँदै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ, विशेष गरी भारी वर्षा र हावाहुरीको सम्भावित क्षेत्रहरूमा।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here