वीरगंज, ०६ साउन – वीरगंजका बासिन्दा पानीको एक थोपा लागि संघर्षरत छन्—घण्टौं लाइन, ट्याङ्करको आशा र सुक्खा धाराको रित्तोपन। तर, जनताले चिच्याएको त्यो प्यासको आवाज सत्तामा बसेकाले सुन्न सकेका छैनन्।

सोमबारको दृश्य अपत्यारिलो थियो—एकातर्फ डा. सिके राउत र मुख्यमन्त्री सतिश सिंहले नयाँ नेता स्वागत गर्दै भाषण ठोकिरहेका थिए, अर्कोतर्फ हजारौं जनता पिउने पानी नपाएर छटपटाइरहेका थिए।

विज्ञापन

जनताको पीडा भुलेर राजनीतिक कार्यक्रममा रमाउनु—के यही हो नेतृत्वको संवेदनशीलता? यही हो जनताका लागि प्रतिवद्धता भन्ने सपना? वीरगंजका जनताको आवाज सुनिनुपर्छ। पार्टी विस्तार र झन्डा फहराउनुभन्दा पहिले, प्यासको पीडा देख्न सक्नुपर्छ।

“आमाले भनेकी थिइन्—नाति, पानी ल्याइदे त!” सानो रोशन बिहान ५ बजेदेखि ट्याङ्करको लाइनमा छ। छाति जलेको छ, गिलास सुक्खा छ।

तर आज वीरगंजमा अर्को लाइन लागिएको छ—कार्यक्रम हलभित्र। नेताहरू आए, माला लगाए, फोटो खिचे। भाषण दिए—“हामी जनताको लागि हो।” तर त्यो रोशनको आँखामा तिनीहरू थिएनन्।

रोशनलाई पानी चाहिएको थियो, प्रवचन होइन। तर वीरगंजमा आज प्रवचन पाइन्छ, पानी होइन।

मुख्यमन्त्री सिंहले पानी सङ्कटको प्रत्यक्ष अवलोकन गर्न, स्थानीयसँग संवाद गर्न वा तत्कालीन राहतको व्यवस्था गर्न कुनै चासो नदेखाउनुले उनको नेतृत्वमाथि नै प्रश्न उठेको छ । जनता प्यासले छटपटाइरहेको बेला नेतृत्व पार्टीको झन्डा उभ्याउन र भाषणमा रमाउन व्यस्त छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here