तस्विर : सौजन्य

वीरगंज, ०७ साउन — वीरगंज महानगरपालिका–३ निवासी चित्रांश समुदायका सुशीलकुमार लाल, गगनमोहन लाल, अजितमोहन लाल र खड्गमोहन लालले चित्रगुप्त समिति वीरगंजलाई अक्षयकोष स्थापनार्थ रु ५ लाख ५ हजार रुपैयाँ सहयोग गरेका छन्।

दाताहरुहरूले आफ्नो दिवंगत भाइ सुर्यमोहन लालको चिरस्मृतिमा सो रकम प्रदान गरेका हुन्। केही वर्षअघि एक सडक दुर्घटनामा सुर्यमोहन लालको मृत्यु भएको थियो।

विज्ञापन

बुधवार आयोजित कार्यक्रममा दाता परिवारको तर्फबाट गगनमोहन लालले चित्रगुप्त समिति वीरगंजका अध्यक्ष महेश दासलाई चेक हस्तान्तरण गरे।

स्व. सुर्यमोहन लालका भतिजा मनिष सुमनका अनुसार, अविवाहित काकाको अंशको रकम समाजोपयोगी कार्यमा लगाउन निर्णय गर्दै चित्रगुप्त समिति मार्फत अक्षयकोष स्थापना गरिएको हो। अक्षयकोषबाट गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति तथा गम्भीर रोगका विरामीहरूलाई औषधोपचारमा आर्थिक सहयोग प्रदान गरिनेछ।

समितिका अध्यक्ष महेश दासले समाजसेवी लाल परिवारप्रति आभार व्यक्त गर्दै दाताबाट प्राप्त कोषको पारदर्शी र उद्देश्यअनुकूल उपयोग गरिने प्रतिबद्धता जनाए।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here