वीरगंज, २१ साउन – पर्साको जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐतिहासिक कदम चालेको छ। गाउँपालिका र वीरगंज महानगरपालिका–१५ भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रा.लि.बीच बुधबार एक विशेष सम्झौता सम्पन्न भएको हो।

सम्झौता अनुसार अब जगरनाथपुर गाउँपालिकाका बासिन्दाले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य उपचार सेवामा उल्लेखनीय छुट पाउने भएका छन्। यसले आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ।
सम्झौता पत्रमा जगरनाथपुर गाउँपालिकातर्फबाट गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव र अस्पतालतर्फबाट प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका छन्।

विज्ञापन

सम्झौता अनुसार मेडिकल कलेजले गाउँपालिकाबासीलाई निम्नानुसार छुट प्रदान गर्नेछ:

  • OPD टिकटमा २५%
  • सामान्य बेड चार्जमा १५%
  • ICU/NICU/PICU बेड चार्जमा १६%
  • सर्जरी (मेजर/माइनर) मा ८%
  • प्याथोलोजी परीक्षणमा १०%
  • भिडियो एक्स-रे, एक्स-रे, ECG, ECHO, TMT, एन्डोस्कोपीमा ७%
  • CT Scan/MRI मा ७%
  • फार्मेसी (OPD) मा १०%
  • फार्मेसी (IPD) मा १५%
  • दन्त (Dental) सेवामा ७%

गाउँपालिका अध्यक्ष यादवले भने, “हामी सबैका लागि सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिबद्ध छौं। यो सम्झौताले गाउँपालिकावासीको स्वास्थ्य उपचारमा ठूलो सहजता ल्याउनेछ।”

यस प्रकारको सहकार्यले गाउँस्तरमै नागरिकको जीवनस्तर सुधार गर्न उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here