पक्राउ परेका फरार प्रतिवादी सुनिलकुमार साह तेली। तस्विर : जिल्ला प्रहरी कार्यालय, पर्सा

वीरगंज, २३ साउन — पर्सा जिल्ला अदालतले ३० लाख रुपैयाँ जरिवाना तोकेको बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

अदालतको मुद्दा नं ०८०-C१-०९६२ लगत नं ६३०९ अनुसार देवेन्द्रकुमार कर्णको जाहेरीमा वादी नेपाल सरकार र प्रतिवादी पर्सा, वीरगंज महानगरपालिका-१६ निवासी अम्बे इन्टरप्राइजेज प्रालिका सञ्चालक ३४ वर्षीय सुनिलकुमार साह तेली रहेका थिए।

विज्ञापन

लामो समयदेखि लुकीछिपी बस्दै आएका साहलाई विशेष सूचनाको आधारमा हिजो साउन २२ गते फैसला कार्यान्वयन टोलीले उनको घरमै पुगेर पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका साहलाई सोही दिन पर्सा जिल्ला अदालतमा पेश गरिएको हो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here