वीरगंज, २४ साउन — मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाले रक्सौलको एकीकृत जाँच चौकी (आईसीपी) मा रक्षाबन्धन पर्व एक सभ्य एवं भव्य समारोहसहित हर्षोल्लासपूर्वक मनाएको छ।

रक्सौल शहरको हरैया स्थित भारत भूमि पत्तन प्राधिकरण परिसरमा आयोजित कार्यक्रममा अध्यक्ष सोनू काबराको अध्यक्षतामा पदाधिकारी तथा सदस्यहरूले आईसीपी प्रबन्धक राजीवरंजन कुमार, कार्यालयका कर्मचारी, सशस्त्र सीमा बल (एसएसबी) का जवान र फायर ब्रिगेडका जवानहरूलाई राखी बाँधेर दीर्घायु, सुरक्षा र कल्याणको कामना गरे। महिलाहरूले सहभागी सबैलाई टीका–तिलक लगाई, आरती उतारी रक्षासूत्र बाँध्दै आपसी सद्भाव र भाइचारा सन्देश प्रवाह गरे।

विज्ञापन

अध्यक्ष सोनू काबराले कार्यक्रमको मुख्य उद्देश्यबारे बताउँदै, “आईसीपीमा कार्यरत जवान र कर्मचारीहरू भारतका विभिन्न राज्य र जिल्लाबाट यहाँ सेवा दिन आएका छन्। उनीहरूलाई परिवार र बहिनीको कमी महसुस नहोस्, स्थानीयसँग सामाजिक एकता बढोस् भन्ने हेतुले यो उत्सव मनाइन्छ,” भने।

आईसीपी प्रबन्धक राजीवरंजन कुमारले राखी ग्रहण गर्न पाउँदा हर्ष व्यक्त गर्दै, “यसले हामीलाई परिवारको कमी महसुस हुन दिँदैन, यो सम्मानप्रति हामी आजीवन ऋणी रहनेछौं,” भने।

कार्यक्रममा शाखा सचिव सङ्गीता अग्रवाल, प्रांतीय बाल विकास प्रमुख वीणा गोयल, उपाध्यक्ष अनुजा अग्रवाल, सहसचिव रचना रुंगटा, सारिका अग्रवाल, मधु अग्रवाल, शिखा रंजन, अनुराधा शर्मा लगायत आईसीपीका पदाधिकारी, एसएसबी जवान, क्लबका पदाधिकारी तथा स्थानीय महिला–युवाहरूको बाक्लो सहभागिता रहेको थियो। पत्रकार रजनिश प्रीयदर्शनीले यस्तो कार्यक्रमले व्यक्ति, समाज र देशमा आपसी एकता र भाइचारा मजबुत हुने बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here