वीर​गंज, २९ साउन — श्रीकृष्ण जन्माष्टमी तथा भीमसेन जात्राको अवसरमा वीर​गंज युवा समाजले बिर्तामाई मन्दिर संरक्षण समिति र सामुदायिक प्रहरी बिर्ताको सहयोगमा वीर​गंज–४ स्थित बिर्तामाई र कृष्ण मन्दिर परिसरमा सरसफाइ सम्पन्न गरेको छ।

कार्यक्रम वीर​गंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथि वडाअध्यक्ष एवं बिर्तामाई मन्दिर समितिका अध्यक्ष जगतसाह कानु रहेका थिए। साथै वडासदस्य जुलुम खडकी, वीर​गंज कपडा ​बैङ्कका अध्यक्ष लालबाबु सिंह, फोटो पत्रकार महा​सङ्घ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ, लायन्स क्लबका समाजसेवी उमेश शर्मा र सुनिल श्रेष्ठ, बिर्ता युवा क्लबका अध्यक्ष राज गुप्ता, सामुदायिक प्रहरी बिर्ताका अध्यक्ष माजिद मि​याँ लगायत विभिन्न ​सङ्घ–संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी र युवाहरुको सक्रिय सहभागिता थियो।

विज्ञापन

अभियानमा सुशील श्रेष्ठ, पूर्ण गुरुङ, सैयाद अन्सारी, उमेश श्रेष्ठ, निरज श्रेष्ठ, अमित गुप्ता, काजल कोईराला, पुष्पराज कोइराला, सुमन पौडेल, मन्जु भण्डारी, विपिन भण्डारी, सुदेश लाखे, विपिन आचार्य, सृष्टि बिष्ट, विनोद धिमाल, बिक्रान्त खनाल लगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा वडाअध्यक्ष कानुले वीर​गंज युवा समाजले विगत १३ वर्षदेखि समाजमा रहेका विकृति, विसङ्गति र कुरितीविरुद्ध सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै, आपत–विपतको समयमा समुदायसँग हातेमालो गरी सेवा गर्दै आएकोमा धन्यवाद ​दिँदै शुभकामना व्यक्त गरे।

अध्यक्ष थापाले “परिवर्तनको लागि वीर​गंज युवा समाज” भन्ने मूलमन्त्रसहित विभिन्न चाडपर्वमा सरसफाइ, रक्तदान, स्वास्थ्य शिविर, असहाय र विपन्नलाई खाद्यान्न सहयोग, प्रहरी तथा अन्य ​सङ्घ–संस्थासँग सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताउँदै, आगामी दिनमा अझ प्रभावकारी रूपमा दिनदुखी र असहायको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै छोटो समयमै निमन्त्रणा स्वीकार गरी उपस्थित भई युवाहरूको हौसला बढाइदिएकोमा सहभागी सबैप्रति आभार व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here