वीरगंज, ०२ भदौ – पोखरा महानगरपालिका–९ की तत्कालीन वडा सदस्य एवं न्यायिक समिति सदस्य भावना श्रेष्ठसहित दुई जनाविरुद्ध घुस/रिसवत प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार, पोखरा–२६ मा बाटोको निकाससम्बन्धी विवादमा न्यायिक समितिमा विचाराधीन मुद्दा आफू अनुकूल बनाउन निवेदक रविनकुमार श्रेष्ठले दुई लाख रुपैयाँ घुस दिएको उजुरीका आधारमा अनुसन्धान हुँदा घटना पुष्टि भएको हो।

अनुसन्धानले देखाएअनुसार, तत्कालीन न्यायिक समिति सदस्य भावना श्रेष्ठले विवादको निर्णय निवेदकको पक्षमा पार्न रु २,००,००० घुस लिएको स्थापित भएको आयोगले जनाएको छ। त्यसअनुसार, भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनलाई कैद, जरिवाना र बिगो बमोजिम सजायको मागदाबी गरिएको छ।

यसैगरी, निवेदक रविनकुमार श्रेष्ठले समेत घुस दिएको पुष्टि भएकाले उनलाई समेत सोही ऐनअनुसार दोषी ठहर गरी कैद, जरिवाना र बिगो कायम गर्न मागदाबी गर्दै आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here