वीरगंज, ०७ भदौ – वीरगंज–७ स्थित कुम्हालटोल टोल सुधार समितिले दिन–दुखी, असहाय तथा विपन्न वर्गलाई लक्षित गर्दै रेल्वे रोड नजिक रहेको पञ्चमुखी हनुमान मन्दिर परिसरमा निरन्तरता दिँदै आएको निश्शुल्क भोजन कार्यक्रम शनिवार सम्पन्न भएको छ।

समाजका अध्यक्ष नन्दलाल अहिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय अग्रज, युवाहरु, पदाधिकारी तथा दाताहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सेवकहरूले बाटोमा हिँड्ने बटुवा, रिक्षा, ठेला तथा इ–रिक्षा चालक, पर्यटक र गरिब असहायलाई दाल–भात, बेसन आलुको तरकारी र भुटेको हरियो खुर्सानी अचार निश्शुल्क भोजन गराए।

विज्ञापन

समितिले प्रत्येक महिनाको पहिलो शनिवार आयोजना गर्दै आएको यो कार्यक्रम शनिवार १३औं पटक सम्पन्न भएको हो। आगामी दिनमा यो सेवा हरेक १५ दिनमा र पछि प्रत्येक शनिवार सञ्चालन गर्ने लक्ष्य समितिले लिएको अध्यक्ष अहिरले बताए। उनले समाजका पदाधिकारी, टोलवासी र दाताहरूको सहयोगले कार्यक्रम निरन्तरता पाइरहेको उल्लेख गर्दै आगामी दिनमा अझ धेरै सहयोगी हातको आवश्यकता रहेको आग्रह गरे।

कार्यक्रममा अतिथि सेवकका रूपमा वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, अमरटोल टोल सुधार समितिका सचिव युवा समाजसेवी नवराज भट्टराईसहित समाजका सचिव हेमन्त शाक्य, कोषाध्यक्ष बैधनाथ साह, सहसचिव रितेश गुप्ता, सल्लाहकारहरू श्रवणबहादुर रायमाझी र गोबिन्द ताम्राकार सहभागी थिए।

समाजसेवी मनोज मिश्राले यस्ता सुकार्यले असहायलाई जीवनयापनमा सहज हुने र मानवताको भावना बलियो हुने भएकाले सम्पूर्णलाई सहयोगी हात अघि बढाउन आग्रह गरे।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here