भक्तपुर, चैत ३ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना प्रकट गर्न युवा नेता रुपेश कुमार पाण्डेय भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रभावशाली युवा नेता तथा निवर्तमान प्रतिनिधि सभा सदस्य उम्मेदवार पाण्डेयले आइतबार गुण्डु पुगेर स्वर्गीय मोहनप्रसाद ओलीज्यूको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। सो क्रममा उनले शोकमा रहेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली र शोक सन्तप्त परिवारजनलाई भेटी धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै गहिरो समवेदना प्रकट गरे।
श्रद्धाञ्जली अर्पण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पाण्डेयले भने, “पूजनीय मोहनप्रसाद ओलीज्यूको निधनले हामी सबैलाई मर्माहत बनाएको छ। उहाँ जस्तो सादगी र निष्ठावान अभिभावक गुमाउनु हाम्रो पार्टी र समाजका लागि अपूरणीय क्षति हो।”
मानिकपुर, पकाहा मैनपुर गाउँपालिका निवासी पाण्डेले यसअघि सामाजिक सञ्जालमार्फत पनि मोहनप्रसाद ओलीको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका थिए। उनले स्वर्गीय ओलीको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मोहनप्रसाद ओलीको ९३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here