वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने अभियानलाई तीव्रता दिएको छ । लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण रोक्न महानगरपालिकाले विभिन्न विधिबाट विषादी छर्ने काम अघि बढाएको हो ।
महानगरपालिकाले निर्वाचन अघिदेखि नै पम्प स्प्रे मार्फत लामखुट्टे मार्ने औषधी छर्कने काम गरिरहेको थियो । अब मंगलबारदेखि भने एयर स्प्रे (फगिङ) मार्फत पनि विषादी छर्ने अभियान सुरु गर्न लागेको हो ।
महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँका अनुसार बिहानको समयमा पम्प स्प्रे मार्फत औषधी छर्ने र साँझको समयमा एयर स्प्रे मार्फत विषादी छर्ने कार्यलाई तीव्रता दिइनेछ । यसरी लार्भा अवस्थाको लामखुट्टेलाई बिहान तथा दिउँसो नियन्त्रण गर्ने र वयस्क लामखुट्टेलाई साँझ फगिङ गरेर मार्ने योजना बनाइएको छ ।
गर्मी सुरु भएसँगै वीरगंज क्षेत्रमा लामखुट्टेको प्रकोप बढ्न थालेको छ । त्यसलाई ध्यानमा राख्दै महानगरपालिकाले मंगलबारदेखि फगिङ अभियान सुरु गर्न लागेको हो । अभियानको पहिलो दिन वडा नम्बर १, २ र ३ मा एयर स्प्रे गरिनेछ भने सोही तालिका अनुसार आगामी १२ गतेसम्म महानगरका सबै ३२ वटै वडामा विषादी छर्ने कार्यक्रम सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।
वीरगंजमा चिसो मौसम सकिएर गर्मी सुरु हुने समय र वर्षायामको प्रारम्भमा लामखुट्टेको प्रकोप बढी देखिने गरेको छ । यसलाई नियन्त्रण गर्न महानगरपालिकाले वर्षमा दुई पटक विषादी छर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
महानगर प्रमुख राजेशमान सिंहले लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरिया जस्ता घातक रोगबाट नागरिकलाई जोगाउन विषादी छर्ने कार्यलाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले नागरिकलाई पनि आफ्नो घर वरपर पानी जम्न नदिन, सरसफाइमा ध्यान दिन र लामखुट्टे नियन्त्रण अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
लामखुट्टे नियन्त्रणका लागि मंगलबारदेखि एयर स्प्रे पनि
प्रतिक्रिया लेख्नुहोस्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.

























