कास्की – नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै रु एक लाख ७० हजार ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका-५, पर्स्याङ बस्ने २७ वर्षीय घर्मराज थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको संचालक बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी बाग्लुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराईदिन्छु भनि झुठ्ठा आश्वासन दिलाई पटक-पटक गरी उक्त रकम ठगी गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले थापालाई पोखरा महानगरपालिका-५ जिरोबाट पक्राउ गरेको हो । 

 

थापालाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनमुति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन