पटना, बिहार – भारतको बिहार राज्यमा मनसुनी आँधीसहितको चट्याङले ३३ जनाको ज्यान गएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्। भारतको विपद् व्यवस्थापन विभागका अनुसार बुधबार र बिहीबार आएको तीव्र आँधीका क्रममा चट्याङका कारण खुला स्थानमा काम गरिरहेका किसान र मजदुरहरू बढी प्रभावित भएका हुन्।

राजधानी पटनासहित राज्यका विभिन्न क्षेत्रमा अझै भारी वर्षा र चट्याङको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

बिहार राज्यका विपद् व्यवस्थापन मन्त्री विजयकुमार मण्डलले सम्बन्धित जिल्ला प्रशासनहरूलाई चट्याङको पूर्वसूचना पाएलगत्तै सावधानी अपनाउने र जनतालाई सतर्क गराउने निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राज्य सरकारले चट्याङबाट मृत्यु हुने व्यक्तिका परिवारलाई ४० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।

सन् २०२३ मा बिहारमा २७५ जना र सन् २०२४ मा अहिलेसम्म कम्तिमा २४३ जनाको चट्याङका कारण मृत्यु भइसकेको पटना सरकारले जनाएको छ।

बिहारसहित भारतको पूर्वी क्षेत्र बर्सेनि मनसुनका समयमा बाढी र चट्याङको उच्च जोखिममा पर्ने गरेको छ। बाढी र प्राकृतिक प्रकोपका कारण प्रत्येक वर्ष कैयौँको ज्यान जाने र लाखौँ मानिस विस्थापित हुने अवस्था दोहोरिँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here