वीरगंज, १४ फाल्गुन । नेशनल प्याब्सनद्वारा आयोजित टी–२० नकआउट क्रिकेट टुर्नामेन्ट अन्तर्गत दोस्रो दिनका खेलहरू वीरगंजस्थित आदर्शनगर रंगशालामा सम्पन्न भएका छन।
विद्यालयस्तरको यस प्रतिष्ठित प्रतियोगितामा कुल २० वटा विद्यालय सहभागी रहेका छन।
दोस्रो दिनको पहिलो खेलमा ग्रीनल्यान्ड र कादम्बरी एकेडेमीबीच भएको थियो । ब्याटिङ र बलिङ दुवै पक्षमा सन्तुलित खेल प्रस्तुत गर्दै ग्रीन ल्यान्ड प्रतियोगितामा विजयी भएको छ ।
दोस्रो खेलमा डेसिमलले एपेक्स स्कूललाई पराजित गर्दै अर्काे चरणमा स्थान सुरक्षित गरेको छ। शुरूदेखि नै आक्रामक रणनीतिका साथ मैदान उत्रिएको डेसिमलले विपक्षीमाथि दबाब सिर्जना गर्दै प्रभावशाली जित निकालेको हो।
प्रतियोगितामा वीरगंज तथा आसपासका २० वटा विद्यालय सहभागी रहेका छन् । नकआउट आधारमा सञ्चालन भइरहेको यस टुर्नामेन्टले विद्यार्थीहरूमा खेलकुदप्रतिको रूचि वृद्धि गर्नुका साथै अनुशासन, टीमवर्क र नेतृत्व क्षमताको विकासमा टेवा पुर्याउने आयोजकले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here