विज्ञापन

अभितक, माघ ९ गते,वीरगंज । पर्सा जिल्लाको पोखरियामा ज्येष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको सहयोग र ग्रामिण विकाश तथा अनूसन्धान वीरगंजको आयोजनामा सम्पन्न भएको हो । १०० जना ज्येष्ठ नागरीकलाई कम्बल, टर्च लाइट सम्मानित हूनेलाई वितरण गरीएको थियो ।

वडास्तरीय कार्यक्रम भएकोले मात्र पोखरिया नगरपालिका वडा नं.१ का ज्येष्ठ नागरीक लाई सम्मानित गरीएको वडा अध्यक्ष प्रमोद गीरीले अभितक सम्वादातालाई जानकारी गराएका हून् । ज्येष्ठ नागरीक सम्मान कार्यक्रम गर्दा आफू पूर्ण सन्तूष्टि रहेको वडा अध्यक्ष गिरीले स्वीकारेका थिए ।

विज्ञापन

कार्यक्रममा ज्येष्ठ नागरीकलाई सम्मानीत गर्नू आफू भाग्यशाली रहेको प्रमूख अतिथि पोखरिया नगरपालिका का नगर प्रमूख प्रदूमन प्रसाद चौहानले जिकिर गरेका छन् । समाजको निमार्णमा ज्येष्ठ नागरीकको अहम भूमिका रहेका नगर प्रमूख चौहानले जानकारी गराएका थिए । वहाको सल्लाह अनूसार हामीले मार्ग दर्शन गर्नूपर्ने कूरा पनि व्यक्त गरे ।

कार्यक्रममा पोनपा वडा नं.१का वडा अध्यक्ष प्रमोद गिरी, प्रमूख अतिथि पोखरिया नगरपालिकाका नगर प्रमूख प्रदूमन प्रसाद चौहान, सामाजिक शाखा का नरेन्द्र साह, सूनिल राम, समाजसेवी अनील गिरी लगायत स्थानीय पूरुष र महिलाको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here