विज्ञापन

अभितक, पूस ८ गते, वीरगंज । आज छिमेकी राष्ट भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठान कार्यक्रमको अवसरमा पोखरिया नगरपालिका र बजरंग दलको संयूक्त आयोजनामा बृहत सरसफाई सम्पन्न भएको छ ।

कार्यक्रममा समूदाय प्रहरी साझेदारीको पनि सहभागिता रहेको थियो । शान्तिपूर्ण एंव सूरक्षित समाजको लागि बजार तथा सडक नाराका साथ सरसफाइ कार्यक्रम रहेको इन्सपेक्टर मोहन विक्रम के.सी.ले जानकारी दिनू भएको हो । इलाका प्रहरी कार्यालय नगरपालिकाका नि.प्रमूख प्रशाकिय अधिकृत अजय श्रीवास्तवद्वारा सूचना पनि जारी गरीएको थियो । सो उपलक्ष्यमा नगरभरीमा माछा, मासू तथा मदिराजन्य विक्री वितरण गर्न रोक लगाइएको पनि सूचनामा उल्लेख गरीएको थियो ।

विज्ञापन

यस अघि पोखरिया नगरपालिका नगर प्रमूख प्रदूमन प्रसाद चौहानको सचिवालयले पनि पोखरियामा भएको मठ, मन्दिरलाई सरसफाई गरी उत्सव मनाउन आग्रह गरेका थिए तथा माछा मास, मदिराजन्य पदार्थ सो दिन विक्रि वितरण नगरिदिन आग्रह गरेको थियो । पोखरिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्षले पनि सो को समर्थन जनाएर घर घरमा दिप प्रजवल्न गरी उत्सव मनाउन आग्रह गरेका थिए ।

सनातन धर्मावलम्बीहरुको लागि धेरै नै खूशीको क्षण रहेको र हामी कलयूगको भाग्यशाली पिढि रहेकोले यो दृश्य हेर्न पाइरहेको र आफू पनि अत्यन्तै खूशी रहेको नगर प्रमूख चौहानले जिकिर गरेका थिए । यो सूखद घडी सबैले उत्सव मनाइरहेको हेर्दा सनातन धर्मको आस्था प्रगाढ रहेको पनि अनूभूति गरीरहेको बताए ।

कार्यक्रमको प्रमूख अतिथि पोखरिया नगरपालिकाका नगर प्रमूख प्रदूमन प्रसाद चौहान, पोखरिया बजरग दलका शिवजी तीवारी, रुपेश पटेल, राजू चौहान, जितेन्द्र चौहान, रोशन सरार्फ, इन्दरदेव चौरसिया, रन्जन सर्राफ, एकबाली पटेल, बृजेश कूर्मी, रन्जन पटेल, अजय राम, बृजेश साह कानू, पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी जवान, पोखरिया नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको पोखरिया बजरग दल का अध्यक्ष पवन साहले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here