अभितक, माघ ९ गते,वीरगंज । बारा जिल्लाका फेटा गाउपालिका वडा नं.१ रजवटीया टोलका कूस्ती खेलाडीहरु सम्मानी भएका छन् । खेलाडीहरुलाई उमेश दूवेले ट«याकसूट वितरण गरेर सम्मान गरेका हून् ।
दूबे बाराका चर्चीत पत्रकार पनि हून् । स्थानीय जनप्रतिनिधिले ध्यान नदिए पछि दूवे अगाडी बढेका हून् । जबकी खेलाडीहरुलाई स्थानीय जनप्रतिनिधिले सम्मान गर्नूपर्ने दूवेको भनाई थियो ।
श्री हनूमान आखडा समूहमा कूश्ती खेल्ने खेलाडीहरुको कसरी मनोबल उच्च गर्ने कूरा स्थानीय जनप्रतिनिधिले सोच्नू पर्ने हो । दूवेले सम्मान गरेपछि कूश्ती खेलाडीहरुको मनोबल बढेको र खेलाडीहरु ह्र्षित पनि भएका एक खेलाडीले खूशी जाहेर गरेका थिए ।
कूश्ती खेलाडीलाई आवश्यक परेको खण्डमा जूनसूकै पनि सहयोग गर्ने आश्वासन दिएका थिए ।
अखाडाका गूरु ब्रम्हदेव यादवले स्थानीय जनप्रतिनिधिले नगरेको काम पत्रकार दूवेले गरे पछि खेलाडीहरुको मनोबल बढेको जानकारी गराए ।
उनले अखाडामा खेल्ने कूश्ती खेलाडीहरुको कूनै आवश्यक सामग्री फेटा गाउपालिकाका अध्यक्ष रुसतम अंसारीलाई आग्रह गर्दा पनि वास्ता नदेखाएकोले आफूले ट«याक सूट वितरण गरेको दूवे बताए ।