विज्ञापन

अभितक, माघ ११
वीरगञ्ज । वीरगञ्जका पत्रकारहरुका लागि आपतकालिन कोष खडा हुने भएको छ । वीरगञ्ज महानगरपालिकाअन्र्तगतको आम सञ्चारमाध्यम प्रबद्र्धन तथा नियमन समितिको बिहिवार सम्पन्न बैठकले आपतकालिन कोष खडा गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाको सभा हलमा सम्पन्न वैठकले श्रमजीवी पत्रकारहरुलाई आपतकालिन अवस्थामा तत्काल सहयोग र राहत उपलब्ध गराउन आपतकालिन कोष निर्माण गर्ने निर्णय गरेको आम सञ्चारमाध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीले जानकारी दिए ।
अधिकारीकाअनुसार वैठकले कोष खडा गर्ने सम्बन्धमा नगर प्रमुखसँग परामर्श गरी पारदर्शी रुपमा कोष संचालनको कार्य विधि समेत बनाउने भएको छ ।
वीरगञ्ज महानगरपालिकाले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको प्रभावका सम्बन्धमा संयोजक ध्रुव अधिकारीको नेतृत्वमा समिति गठन गरी अनुगमन गर्ने जिम्मेवारी समेत बैठकले तोकेको छ ।
वैठकले लोककल्याणकारी विज्ञापन प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको संयोजक अधिकारीले बताए ।
बैठकमा समितिका सदस्य वृजलाल पासवान, मनोज पटेल, अमित अग्रवाल, मुस्कान श्रेष्ठ, माधुरी महतो, अमित साह, सदस्य सचिव हरिओम प्रसाद चौधरी, महानगरपालिकाका प्रशासन प्रमुख राज ताम्राकार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
विज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here