अभितक, माघ ११
वीरगञ्ज । वीरगञ्जका पत्रकारहरुका लागि आपतकालिन कोष खडा हुने भएको छ । वीरगञ्ज महानगरपालिकाअन्र्तगतको आम सञ्चारमाध्यम प्रबद्र्धन तथा नियमन समितिको बिहिवार सम्पन्न बैठकले आपतकालिन कोष खडा गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाको सभा हलमा सम्पन्न वैठकले श्रमजीवी पत्रकारहरुलाई आपतकालिन अवस्थामा तत्काल सहयोग र राहत उपलब्ध गराउन आपतकालिन कोष निर्माण गर्ने निर्णय गरेको आम सञ्चारमाध्यम प्रबद्र्धन तथा नियमन समितिका संयोजक ध्रुव अधिकारीले जानकारी दिए ।
अधिकारीकाअनुसार वैठकले कोष खडा गर्ने सम्बन्धमा नगर प्रमुखसँग परामर्श गरी पारदर्शी रुपमा कोष संचालनको कार्य विधि समेत बनाउने भएको छ ।
वीरगञ्ज महानगरपालिकाले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको प्रभावका सम्बन्धमा संयोजक ध्रुव अधिकारीको नेतृत्वमा समिति गठन गरी अनुगमन गर्ने जिम्मेवारी समेत बैठकले तोकेको छ ।
वैठकले लोककल्याणकारी विज्ञापन प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको संयोजक अधिकारीले बताए ।
बैठकमा समितिका सदस्य वृजलाल पासवान, मनोज पटेल, अमित अग्रवाल, मुस्कान श्रेष्ठ, माधुरी महतो, अमित साह, सदस्य सचिव हरिओम प्रसाद चौधरी, महानगरपालिकाका प्रशासन प्रमुख राज ताम्राकार लगायतको सहभागिता रहेको थियो ।
पत्रकारहरुका लागि आपतकालिन कोष खडा हुने
प्रतिक्रिया लेख्नुहोस्
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Create an account
Create an account
Welcome! Register for an account
A password will be e-mailed to you.
Password recovery
Recover your password
A password will be e-mailed to you.






















